राजनीति

वडा अध्यक्ष महत्तो सहित सयौं एमालेमा प्रवेश, एमालेमा प्रवेश गराउँने कार्यक्रममा नेताहरुलाई भ्याइनभ्याई

डम्बर राई
कञ्चनरुप (सप्तरी) ।
राष्ट्रिय जनता पार्टी ( राजपा ) परिवर्तनकारी तथा जनमुखी पार्टी नभएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष हरीकृष्ण महत्तो एमालेमा प्रवेश गरेकाछन् । शुक्रवार रुपनगर स्थित एमाले नेता सुमनराज प्याकुरेलको निवासमा एक कार्यक्रम बीच महत्तोले पार्टी प्रवेश गरेको हो ।
महत्तोले मधेश र मधेशीको हीतपरक आवाज उठाउँदै तराई मधेशमा जन्मीएको यस्ता सा साना क्षेत्रीय स्तरका दलले राष्ट्र र जनभावनामुखी काम गर्न नसक्ने ठोकुवा गर्नुभयो । जातिय, क्षेत्रिय, लैङ्गिक नारामा गठन भएका दलहरु कमाउ दाउपेचमा लागेर उनिहरुमा आफैले उठाएका मुद्घालाई कहिले पनि टुङ्गो लगाउँन सक्ने सामथ्र्य छैनन् महत्तोले भन्नुभयो, परिवार र आफन्तवादको चिन्तनमा मात्र लाग्ने मधेशवादी पार्टीले राष्ट्रको आमुल परिवर्तन गर्न नसक्ने भएकोले अब झुठो नारा र खोक्रो आश्वासनमा बस्न मुर्खता हुने बुझिएकोले नेपाल कम्युनिष्ट पार्टी एमालेमा आएको हुँ ।

कम्युनिष्ट विचारधाराका महत्तो राजपा भन्दा पूर्व माओवादीको कार्यकर्ता हुनुहुन्थ्यो । माओवादीको व्यक्तिवाद एवं परिवारवादी चिन्तन देखेर स्थानिय निर्वाचन अगाडी राजपामा प्रवेश गरेका थिए । उहाँ भन्नुहुन्छ , आफु राजपाबाट वडा अध्यक्ष भएर कार्यभाल समालिरहँदा कता न कता आफुलाई अप्ठेरो महशुस भइरहेको थियो त्यो एउटै कारण थियो सिध्दान्त । उहाँले स्थानिय निर्वाचनमा राजपाबाट वडा ७ मा विजय भएका थिए ।
पार्टी प्रवेशकर्ता वडा अध्यक्ष महत्तोलाई केन्द्रिय सदस्य, पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले गम्छा पहिरनसंगै अविर लगाएर पार्टी प्रवेश गराउँनुभएको हो । सो अवसरमा नेता प्याकुरेलले एमाले अब राष्ट्रको शक्तिशाली पार्टी भएको र यसले आगामी निर्वाचनमा बहुमतको सरकार स्थापित गर्छ भन्ने ठोकुवा गर्नुभयो । उहाँले आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै भन्नुभयो, माओवादी र एकिकृत समाजवादी पार्टी कम्युनिष्ट विचारधाराका पार्टी भन्न नमिल्ने र यी पार्टीहरुको कुनै ठोस नीति नियम तथा कार्ययोजना छैन ।

कम्युनिष्ट पार्टीका सरकारलाई ढालेर जसलाई हामी साम्राज्यवादी, पूँजीवादी भनेर भन्दछौ नेपाली काँग्रसलाई, त्यहि पार्टीसंग मिलेर त्यसैको सरकार बनायो । बन्दुक र बल प्रयोग गरेर पार्टी चल्दैन, पार्टी विचार, सिध्दान्तले चल्दछ तर आफुलाई कम्युनिष्ट भनेर चिनाउँने केहि पार्टीहरुको गतिविधि खराब भएको नेता प्याकुरेल बताउँनुभयो । नेकपा एमाले देशको पुरानो पार्टी भएकोले हरेक जाती ,समुदायको हृदयमा बसेको पार्टी हो नेता प्याकुरेलले बताउँनुभयो । उहाँले भन्नुभयो, हेर्ने दृष्टान्तलाई हामीले बुझनु जरुरी छ, सकरात्मक दृष्टिकोणले हेर्दा राम्रो परिणाम आउछ भने राम्रोलाई पनि नकरात्मक दृष्टिकोणले हेर्दा नराम्रो परिणाम आउँछ । प्रचण्ड र नेपाल कहिले सकरात्मक दृष्टिकोणमा आएनन् । उहाँले यहि पुष २३ गते राजविराजमा हुन गइरहेको पार्टी जिल्ला अधिवेशनमा जुट्न सबैलाई सुझाव दिनुहुदै भव्य र सभ्यरुपमा अधिवेशन हुने भविश्यवाणी गर्नुभयो । पार्टीको भर्खरै चितवनमा सम्पन्न १०औं महाधिवेशन ऐतिहासिक भएको र त्यस्तो जनसागरको बीच कुनैपनि दलले अधिवेशन, महाधिवेशन लगायत कार्यक्रम गर्न नसक्ने दावी गर्नुभयो ।

पार्टीका केन्द्रिय सदस्य तथा सप्तरी सहइन्चार्ज राज कुमार लेखीले एमालेको हरेक गतिविधि तथा कामकार्यमा कुनैपनि दल पुग्न नसक्ने दावी गर्नुभयो । गठबन्धनको सरकारमा रहेका दलहरु एमालेप्रति यतिबेला डरत्रासमा परेकाछन् नेता लेखीले भन्नुभयो, सबै भन्दा ठुलो पार्टी एमाले भएकोले आगामी निर्वाचनमा एमालेले बहुमतको सरकार ल्याउछ भनेर गठबन्धन एकहुने भन्दै हावादारी गफ फैलाएकाछन् । हिजो एमालेको सरकारमा केपीओलीले जुन परिवर्तन गरेर एतिहासिक दम्व देखाए यो आम नेपाली जनताले बुभmिसकेकाछन् अब बुझाइरहनु पर्ने अवस्था छैन मात्र निर्वाचनको पर्खाई हो लेखीले बताउँनुभयो ।
यसैगरी कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले आफ्नै नगरपालिकाको वडा अध्यक्ष अर्काे पार्टीबाट आफ्नो पार्टीमा आएकोमा हर्ष व्यक्त गर्नुभयो । उहाँले आफ्नै नगरका तीनजना पार्टी केन्द्रिय सदस्य सहित पोलिटब्युरो सदस्य भएकोमा उहाँहरुलाई विशेष धन्यवाद यापनका साथ एमाले यस नगरमा पूर्वकालको भन्दा बढोन्नोत्तरी भएर गएको आँकडा दिनुभयो । उहाँले भन्नुभयो, यत्तिबेला एमाले नै देशमय भएको भन्नसकिन्छ किनकी जताततै एमालेमा प्रवेश गर्ने लहरले भ्याइ नभ्याई छ । सबैको सम्मानजनक मान मर्यादा गर्न जान्नुपर्छ भन्दै नगर प्रमुख मिश्रले पदमा रहेकालाई मात्र नभई पदमा नभएकाहरुलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ भन्ने आवश्यकता औल्याउनुभयो ।

प्रदेश कमिटी सदस्य मो. कलिम मियाँले परिवर्तनशील विचार र सोंच बोकेका शक्तिको मार्गदर्शन नै एमाले हो भनेर दावी गर्नुहुदै देशको भविश्य एमालेकै पक्षमा रहेकोले अबको निर्वाचनमा जनताले बहुमतको सरकार बनाएर देखाउने दावी गर्नुभयो । नगर अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित सो समारोहमा वडा ७ का पार्टी अध्यक्ष तनुकलाल शर्मा यगायतले विचार मन्तव्य राखेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page