अर्थतन्त्र

अमसोत सामुदायिक कृषि सहाकारी संस्थाको अध्यक्षमा पुनः सुमित्रा देवी

बृजमान तामाङ
बिरेन्द्र बजार, २५ पुस ।
अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हाको अध्यक्षमा पुनः सुमित्रा देवी चौधरी चयन भएकी छिन । संस्थाको आइतबार सम्पन्न १७ औं साधारणसभाको बन्दसत्रले चौधरीको नेतृत्वमा ९ सदस्यीय संचालक समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा रंजिता चौधरी, सचिबमा संतोषी चौधरी र कोषाध्यक्षमा सरिता योन्जन तामाङ चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरुमा सिवानी चौधरी, मिना कुमारी चौधरी, पुनिता चौधरी लगायतका छ्न ।

सोही साधारणसभाले कपिल देव मण्डलको संयोजकत्वमा निर्मला कुमारी चौधरी, लक्षमि देवि चौधरी रहेको लेखा सुपरिवेक्षण समिती समेत चयन गरेको संस्थाका ब्यबस्थाक रामी चौधरीले जानकारी दिए ।
संस्थाकी अध्यक्ष सुमित्रा देवि चौधरीको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा संस्थाको १७ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष चौधरीद्वारा प्रस्तुत ६ करोड ७३ लाख ८ सय ९ रुपैयाको बार्षिक आयब्याय तथा ब्यबस्थाक रामी यादवद्वारा प्रस्तुत बार्षिक प्रस्तावित बजेट तथा नीति कार्यक्रम सर्वसम्मत पारित भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page