राजनीति

आरक्षणको कोटाअनुसार पनि पछाडी पारिएकाहरुको उपस्थितिमा समस्या : उपेन्द्र

बृजमान तामाङ
राजविराज ।
पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आरक्षण कोटा अनुसार पनि पछाडी पारिएका जाती समुदायको उपस्थितमा समस्या भएको बताएका छ्न् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ५ स्थित बनरझुलामा शनिबार राजजी आधारभूत विधालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश विद्रोह र थारु, आदिबासी जनजाति सहितका पहिचान र अधिकारको आन्दोलनका बलमा प्राप्त आरक्षण अनुसार पनि पछाडी पारिएका जाती समुदायको उपस्थितिमा समस्या भएको बताए । जसले लडेर ल्याएको ब्यबस्था हो उनिहरुनै शासन र प्रशासन बाहिर छ्न, अध्यक्ष यादवले भने, नीति र नियम निर्माण र कार्यान्वयन गर्ने तहमा पहुँच नहुदा आरक्षण कोटामा पछाडी पारिएको समुदायको उपस्थितिमा समस्या हुने गरेको छ ।

अध्यक्ष यादवले सरकारी सेवामा मधेसी, आदिबासी जनजाति, दलित, थारु ,मुश्लिम समुदायको उपस्थिति संकुचन गरिदै आएको बताए । आरक्षण कोटा अनुसार पनि सेवा सुबिधामा मधेशी लगायतको उत्पीडित समुदायको उपस्थिति समस्या रहेको उनको भनाई थियो । राज्यमा अझै असमानता र विभेद कायमै रहेको छ अध्यक्ष यादवले भने, जनतको बलिदानी र कठोर आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै थप अधिकारका लागि अझै संघर्ष गर्नु आबश्यक छ ।
संघीय शासन प्रणालीका कारण मुलको विकासले गति लिएको चर्चा गर्दै अध्यक्ष यादवले संघीयताको मर्म अनुसार विकासलाई तिब्रता दिन केही समय लाग्ने बताए । विकास र अधिकार दुबै विषय लिएर जसपा अगाडि बढेको बताउदै अध्यक्ष यादवले देशमा गरिबी र बेरोजगारी अन्त्य गर्न कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।
प्रदेश नम्बर २ सरकारका प्रबक्ता एवम अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले स्वस्थ्य र शिक्षालाई प्रदेश सरकारले प्रथामिकतामा राखेको बताए । प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिबर्तन गर्न लागेको भएपनी जशक्ती र पुर्वधारको अभावले समस्या भएजोले त्यसको निदानमा समेत लागिपरेको बताए ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले शिक्षा क्षेत्रको विकास गर्न सकेमात्र समग्र समाजको रुपान्तरण हुन सक्ने भएकोले शैक्षिक उन्नतिमा सरकार दत्तचित्त भएर लागेको उल्लेख गरे ।
माधव रामको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेस सभा सदस्य नेत्रविक्रम साह, जसपा केन्द्रिय सदस्य एवम राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, जसपा केन्द्रिय सदस्य विकास कुमार तिवारी ,मधेश प्रदेश समितीका उपाध्यक्ष शम्भु झा, मुख्य सचिब दिनेश कुमार यादव,हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख एवम जसपा मधेश प्रदेश समिती सचिव शैलेस चौधरी, जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँ पालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव, वडा अध्यक्ष गुलाव सिंह, मिलन चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन जसपा जिल्ला कार्यकारिणी समिति सप्तरीका सदस्य निरज मुक्तिले गरेका थिए । प्रदेश २ सामाजिक विकास मन्त्रालयको ५० लाखको लागतमा सो विधालयको भवन निर्माण हुने भएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page