राजनीति

जनसंख्याको आधारमा बजेटको बाँडफाँड हुनुपर्छ : उपेन्द्र

बृजमान तामाङ
बिरेन्द्र बजार ।
पुर्व उपप्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याको आधारमा बजेट बाँडफाँड हुनुपर्नेमा जोड दिएका छ्न ।
सप्तरीको छिन्नामस्ता गाउँपालिका स्थित मोहनपुरमा आईतवार स्थानीय जनतासंग भेटघाट गर्नेक्रमा उनले यस्तो बताएका हुन ।
स्थानीय भुलेश्वर यादवको अध्यक्षतामा आयोजित भेटघाट तथा जनजागरण कार्यक्रममा बोल्दै यादवले बजेट बाँडफाँडमा भेदभाव गरेको कारण मधेशको विकास द्रुतगतिले अगाडी नबढेको बताए ।
मुलुकको कुल जनसंख्याको ५१ प्रतिशत जनता तराई मधेशमा छ्न, अध्यक्ष यादवले भने, बजेट भने १८ प्रतिशत मात्र विनियोजन हुन्छ, जनताको आबश्यक्ता अनुसार बजेट नहुदा विकासले गति लिन सकेन । मधेशमा विकासको गतिलाई तिब्रता दिन जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाई थियो ।
सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, नर्सिङ कलेज, ईन्जिनियर कलेज, रुपनी-राजविराज फोरलेनको सडक लगायतको राष्ट्रिय गौरवको विकासिय योजनाहरुको कार्य अगाडी बढिसकेको चर्चा गर्दै अध्यक्ष यादवले विकासको लहर सप्तरीमा शुरु भईसकेकोले यसलाई पुर्णता दिन सबैको सहयोग आबश्यक रहेको बताए ।
संघीयता, लोकतन्त्र र गणतन्त्र रहेमात्र विकास र अधिकार प्राप्त हुने उल्लेख गर्दै यादवले उत्पीडित जाती समुदायलाई अधिकार सम्पन्न र गाउँको विकासका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिए । तत्कालीन केपि ओलि नेतृत्वको सरकारले संघीयता समाप्त पार्ने चलखेल गरेको आरोप लगाउदै यादवले जसपाले कानुनी लडाईबाट संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्न सफल भएको बताए ।
अध्यक्ष यादवले विकासको दृष्टिकोणले पछाडी परेको मोहनपुर र रम्पुराको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष यादवले हावापानीले धानबालीमा क्षति पुर्‍याएका किसानहरूका लागि राहतका लागि साढे पाँच अर्व बजेट ब्यबस्था गरिएको बताए । उनले हावापानी पीडित किसानका लागि ब्यबस्था गरिएको बजेट कार्यान्वयनका लागि कार्यविधि बनिसकेकाले चाँडै वितरण शुरु गरिने बताए ।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिती सदस्य एवम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले देशमा रहेको शोषित ,पीडित र उत्पिडनमा समुदायको हक अधिकारका सुनिश्चितताको लागि जनता समाजवादी पार्टी संघर्षरत रहेको बताए ।
प्रदेश नम्बर २ सरकारका प्रबक्ता एवम अर्थ मन्त्री शैलेन्द्र साहले मोहनपुर र रम्पुराबासीले खेप्दै आएको बाटो तथा पुलको समस्या सामाधानका लागि संघीय सरकार संग समन्वय गरि अविलम्ब काम शुरु गर्ने बताए । उनले घोरदर खोलामा पुल र मोहनपुर ,रम्पुराको सडक निर्माणको लागि प्रदेश सरकारले बजेटको ब्यबस्थागर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री साहले पुल निर्माण र सडक लागि प्रदेश सरकारले पहिलेपनी लाखौं बजेटको ब्यबस्था गरेको बताउदै काम हुन नसकेकोमा दुख व्यक्त गरे ।
कार्यक्रममा स्थानीयबासी समेत रहेका जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, राम नारायण यादव लगायतकाले स्थानीय समस्याहरु राखेका थिए । स्थानीय गोपाल झाद्वारा संचालित कार्यक्रममा स्वागत वडा सदस्य लालदेव यादवले गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी, उमेश कुमार यादव, अमरनाथ मण्डल, भिमराज यादव, राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, मधेश प्रदेश समिति प्रदेश २ का सदस्य सत्यनारायण यादव, किशोर कुमार यादव, केसि, जिल्ला उप सचिब शम्भु कुमार यादव, कोषाध्यक्ष बृजमान तामाङ लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page