अर्थतन्त्र

आईडियल सहकारी संस्था प्रदेशकै उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

बृजमान तामाङ
बिरेन्द्र बजार ।
सप्तरीको राजविराजमा संचालित आईडियल सहकारी संस्था प्रदेश २ कै उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ ।
राष्ट्रिय सहकारी बैंकको १८ बार्षिक साधारण सभाको अबसरमा जनकपुरमा सोमबार आयोजित एक समारोहका विच उकृष्ट सहकारी रुपमा सम्मानित भएको हो ।
बैकको सदस्य संस्था समेत रहि सहकारीको विकास प्रबर्द्धन , र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउएकोमा उच्च मुल्यांकन गर्दै प्रदेशकै १४ सय २८ वटा सहकारी मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफलता हासिल भएको सहकारीका अध्यक्ष गणेश आशले जानकारी दिए ।
सेवाग्राहीहरुको विश्वास तथा संचालक समिति र कर्मचारीहरुको आचरण र व्यबहारको पहिचानले सहकारी सफल हुँदै गएको उनले बताए । २०५६ सालमा ४२ जना शेयर सदस्यबाट शुरु गरिएको सहकारीमा ४ लाख २० हजार पुजि रहेकोमा हाल १० करोड १९ लाख पुंजी पुगेको संस्थाका व्यबस्थापक विनोद साफीले बताए ।
प्रमुख कार्यालय राजविराजमा रहेको तथा हनुमान नगर र पातोमा शाखा कार्यालय स्थापना गरि सेवा प्रबाह गर्दै आएको उनले जानकारी दिए ।
बैंकले सामाजिक उत्तरदाईत्व अनुसार विभिन्न काम गरेको र सहकारीको स्तरीय करणमा सभन्दा उत्कृष्ट कार्य गरि बैकले ७ प्रदेशलाई प्रदान गरेको पुरस्कार प्रदेश २ मा आईडियल सहकारीले सम्मान सहित पुरस्कार प्राप्त गरेको साफीले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page