अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ

सप्तरी। फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल, मटितेल १२२ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।
आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page