समाचार

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५ सय १ जना कैदीको कैद सजाय मिनाहा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार ५ सय १ जना कैदीबन्दीहरुको कैद र सजाय माफी गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय मिनाहा गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page