आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाचार

प्रजातन्त्रको उपलब्धि अझैं संस्थागत भईसकेको छैन : नगर प्रमुख हक

बृजमान तामाङ /
राजविराज, ७ फागुन ।
सप्तरीको खडक नगरपालिकाका प्रमुख हिमायु हकले प्रजातन्त्रको उपलब्धिलाई संस्थागत गर्नअझै संघर्ष गर्नु आबश्यकता रहेको बताएका छन ।
फुलेश्वर बौद्ध विहार गुम्वा खडक नपा १० फुलबडियाद्वारा शनिबार ७२ औं प्रजातन्त्र दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
गुम्बाको अध्यक्ष बलराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख हकले प्रजातन्त्रको अनुभुती अझैं जनताले गर्न नपाएको बताए । प्रजातन्त्र केही सिमित समुदायको लागि मात्र आएको भन्दै प्रमुख हकले देशमा उत्पीडित जनताले प्रजातन्त्रको अझै अनुभुती गर्न नपाएको बताए । प्रजातन्त्रको अर्थ जनताको शासन ब्यबस्था हो, हकले भने, देशको ठूलो जनसंख्या राज्यको शासन र प्रशासनबाट बंचित छ्न उनले थपे, प्रजातन्त्रको अनुभुती अझै जनताले गर्न पाएको छैन।

उनले प्रजातन्त्रमा देशको शासन र प्रशासन सम्मान अधिकार र बजेटमा बराबरी हक प्राप्त नभए सम्म प्रजातान्त्रिक ब्यबस्थाले सार्थकता नपाउने बताए । उनले ब्यवस्था फेरीएपनि केही मुठ्ठीभरका समुदायको सोचका कारण जनताको जीवन शैली नफेरीएकाले स्पष्ट पारे । देशमा ब्यबस्थापन परिवर्तन भएपनी जनताको अबस्थामा परिवर्तन आउन नसकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको नगरप्रमुख हकले प्रजातन्त्रको उपलब्धि रक्षा र थप अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
संघिय लोकतान्त्रिक गणतन्त्रको भावाना अनुसार नगरका सबै भाषा, धर्म साँस्कृतिक जगेर्ना तथा विकासको काम गरेको उल्लेख गर्दै उनले नगरपालिकामा आफ्नो कार्यकालमा कसैलाई काखपाखा नगरेको दावी गरे । फुलेश्वर बौद्ध गुम्बाले प्रजातन्त्र दिवसको अबसरमा कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख हकले गुम्बाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवम संचारकर्मी बृजमान तामाङ, थारु भाषा तथा साहित्य परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बुधसेन चौधरी, खडक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र चौधरी, सदस्य गौरी चौधरी, शिक्षा विद्व सत्यनारायण चौधरी, थारु कल्याण कारिणी सभा सप्तरीका सदस्य देवकान्त चौधरी, समाजसेवी देव नारायण चौधरी, त्रिपुरेश्वर ठाकुर लगायतकाले प्रजातन्त्र दिवको बारे चर्चा गर्दै प्रजातन्त्रका लागि ज्यान समर्पण गर्ने वीर सहिद प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरे ।
स्थानीय अमेन्द्र कुमार यादवद्वारा संचालित कार्यक्रममा गुम्बाका संयोजक डा. कविरदास चौधरीले प्रजातन्त्र दिवस मनाउनुको उदेश्यको बारे प्रकाश पारे भने स्वागत बौद्ध गुम्बाका सचिब रुन्दी प्रसाद चौधरीले गरे ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page