समाचार

सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा तोडफोड ,वडाध्यक्षसहित दुई जना घाइते

खगेन्द्र कार्की /
फत्तेपुर , ८ फागुन ।
सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यलयमा आइतबार चार दललिय गठबन्धनले ढुङ्गामुडा प्रहार गरि तोडफोड गरेका छन्। झडपका क्रममा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा संघर्ष समिति निर्माण गरि गत बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका थिए उक्त ताला नगरपालिका प्रशासनले गत शुक्रबार पुलिस प्रशासनको रोहवरमा खुल्ला गरेको थियो ।
संघर्ष समितिले लगाएको ताला नगरपालिकाले खुलाएपछि आन्दोलनरत गठबन्धनले पुन आइतबार नगरपालिका कार्यलयमा तालाबन्दी गर्न जादा सुरक्षा निकाएले रोके पछि उत्तेजित भिडले नगरपालिकाको कार्यलय ढुङ्गा मुडा प्रहार गरि कार्यलय तोडफोड गरेका छन् ।

आन्दोलन कारिकै ढुङ्गा लागि आन्दोलन कारि तर्फकै वडा नम्बर ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का स्थानीय किसान यादव घाइते भएका छन् । घाइते मध्ये वडा अध्यक्ष चौधरीको टाउकोमा चोट लागेको छ भने यादवको नाकमा चोट लागेको छ । दुबै घाइतेको स्थानीय फत्तेपुर पोलिक्ल्निकमा उपचार भैरहेको छ।
आन्दोलनकारि नगरपालिका अगाडी नाराजुलुस गर्दै बसेका छ्न भने सुरक्षा निकाएको बाक्लो उपस्थिति रहेको छ ।

आन्दोलनरत ४ दलिय गठबन्धनले महालेखा नियन्त्रण कार्यलय बाट सप्तकोसी नगरपालिकाको बेरुजु को विवरण तथा आन्तरिक लेखापरीक्षण को विवरण गराइ नगरकार्यपालिका र नगर शभाबाट पारित गरि कानुनी कार्बाहि सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनु पर्ने, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरको भवन निर्माण को मापदण्ड ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापन्को विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्नेसहित ६ बुँदे माग सहित चार राजनीतिक दलले तालाबन्दी गरेका थिए ।
सप्तकोसी नगरपालिका रहेका चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टीमेटम दिएको थियो । ११ दिन बिति सक्दा पनि माग पूरा नभएकाले तालाबन्दी गर्दा नगरपालिका बार्ता नगरि आफुखुशि ताला खोलेर द्वन्द निम्ताएको संघर्ष समितिको भनाइ छ ।

नगरपालिकामा उत्पन्न परिस्थितिको बारेमा नगर प्रमुख उत्तम कुमार शर्मा संग बुझ्दा आन्दोलनरत पक्षको माग पुरा गर्न नगरपालिका जहिले पनि तयार रहेको र कार्यपालिका बैठक बाटै निर्णय गरेर आन्दोलनरत पक्षलाइ बार्ता मार्फत उत्पन्न समस्याको समाधान गर्न पटक पटक मौखिक रुपमा बोलाइएको र मौखिक रुपमा बोलाउदा समेत नआए पछि लिखित रुपमै सोमबार बिहान ८ बजेलाई बार्ताको लागि पत्र पठाउदा समेत कार्यालयमा ढुङ्गामुडा गरि नियोजितरुपमा कार्यलयमा क्षति पुर्याउनु निन्दनीय रहेको शर्मा ले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page