आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
मनोरन्जन

सप्तरीमा मिस्टर एण्ड मिस कलेज आइकन हुने

राजविराज , ८ फागुन । सप्तरीमा मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ । किशोर–किशोरीहरुको क्षमता विकास र अभिबृद्धिका लागि मिस्टर एण्ड मिस कलेज आइकन हुने भएको हो ।
रक्षा मिडिया हाउस प्रालि काठमाडौंले आइकनको अन्तिम तयारीअन्तर्गत आज प्रिजजिङ सम्पन्न भएको र फाइनलका लागि १७ जना छनौट भएको जनाएको छ । राजविराजस्थित आइ गार्डेन होटलमा निर्णायकहरुको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट फाइनल चरणको लागि १७ जनाले प्रवेश पाएको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ ।
सप्तरीमा पहिलो पटक भइरहेको कलेज आइकन प्रतियोगिताका लागि नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, युवा उद्यमी मिलन सिंह, राजविराज जेसीजकी पूर्व अध्यक्ष पुनम पोखरेलले सहभागीहरुसँग अन्तर्वार्ता लिनुभएको थियो । अन्तर्वार्ताका क्रममा राजविराज लिटिल आइकन २०२१ का बिजेता आयुषी र उपविजेता मानसीको समेत उपस्थिती रहेको थियो ।

पूर्वाञ्चल तथा काठमाडौंबाट आउनु हुने लब्धप्रतिष्ठित व्यक्तित्वहरुले राजविराजमा हुने ग्राण्ड फाइनल कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन २०२२ छनोट गर्नेछ । लायन्स कल्ब अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानका अनुसार फाइनलका लागि शिवशंकर सिनेमा हलमा भव्य तयारी भइरहेको र आगामी शनिबार हुने फाइनलका लागि टिकट बिक्री समेत खुला गरिएको छ ।
विभिन्न पालिकाका सहभागीहरुलाई एक महिनासम्म कोरियोग्राफर, फोटोग्राफर, डान्सर र विभिन्न विषयका विज्ञ प्रशिक्षकहरुबाट तालिम दिइएको आयोजकलेृ जनाएको छ । सहभागीहरुको व्यक्तित्व विकासका लागि सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाककला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृति, क्याटवाकका विषयमा समेत विशेषज्ञबाट प्रशिक्षित गराइएको छ ।
प्रतियोगितामा विजेताहरुलाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ । अभिभावकको मञ्जुरी भएमा आइकन बिजेताहरुलाई म्युजिक भिडिओका लागि समेत मौका दिने प्रालिले जनाएको छ ।
यसअघि राजविराज जेसीजको आयोजना र रक्षा मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतको निर्देशनमा पहिलो पटक राजविराज लिटिल आइकन २०२१ सफलतापूर्वक सम्पन्न भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page