समाचार

बाल संरक्षण सेवा प्रदायकहरुको नक्साङ्कन तथा बाल संरक्षण निती र आचार संहिता सम्बन्धि अन्तरक्रिया

उत्तम आचार्य /
कञ्चनरुप, ९ फागुन ।
कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा तथा महिला बालबालिका शाखाको आयोजनामा सोमवार कञ्चनरुप नगरपालिकाको सभाहलमा बाल संरक्षण सेवा प्रदायकहरुको नक्साङ्कन तथा बाल संरक्षण निती र आचार संहिता सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले बाल संरक्षणलाई दिगोपना दिनका लागि बाल संरक्षण निती, आचार संहिता र कार्ययोजनामा उल्लेख भए बमोजिम गर्नुपर्ने काम समयमै पुरा गर्ने बताउनु भयो ।
उपप्रमुख निरु पोखरेलले आजका बालबालिका भोलिका कर्णधार भएकाले बाल संरक्षणका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो ।

युनिसेफ जनकपुरका मेघराज मगरले बाल संरक्षण नितीलाई दिगोपना दिनका लागि सुरक्षित आश्रय मनो सामाजिक परामर्श सेवा, औषधी उपचारको व्यवस्था, आपतकालिन सहयोग, घटना व्यवस्थापन तथा कानूनि शाखा, जिविकोपार्जनका लागि व्यवसायिक तालिम, सशक्तिकरण तथा सचेतनामूलक कार्यक्रम, सामाजिक सूचना प्रवाह, शिक्षा, उद्धार तथा पुनस्थापनाको व्यवस्था हुन आवश्यक रहेको बताउनु भयो ।
सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाकी प्रमुख सुशिला चौधरीले बालश्रम मुक्त नगर घोषणा गर्न राज्यले निती निर्माण गरिसकेको हुँदा कञ्चनरुप नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्नका लागि मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी गराउनु भयो ।

कार्यक्रमको उदेश्यका बारेमा सामाजिक विकास शाखा तथा महिला बालबालिका शाखाकी अधिकृत भावना घिमिरेले जानकारी गराउनु भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत रेणुका साह, युनिसेफ जनकपुरकी छोइकी डोलमा लामा, सल्लाहकार खिलानाथ पोखरेल लगायतका वकताहरुले आआफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यषतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page