सोमबार, १७ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १७ कात्तिक २०८३
समाचार

नेवाः देयः दबु सप्तरीको अधिबेशन सम्पन्न, अध्यक्षमा मित्र नारायण श्रेष्ठ

बृजमान तामाङ /
विरेन्द्र बजार, १४ फागुन।
नेवाः देयः दबु जिल्ला कार्य समिति सप्तरीको ११ औं अधिबेशन शनिबार सम्पन्न भएको छ ।
नेवाः देयः दबु सप्तरीका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।
अधिबेशनको उद्वघाटन समारोहमा शुभकामना मनतब्य व्यक्त गर्दै नगरप्रमुख मिश्रले नगरपाकोको विकासमा नेवार समुदायको ठूलो योगदान रहेको बताए । नेवार समुदायको विशिष्ट पहिचान बोकेको शंखधर साख्वाको गेट निर्माण र गुठी निर्माणले आन्तरिक पर्यटन भित्राउँदै नगरको चौतर्फी विकासमा सहयोग पुगेको उनको भनाइ थियो ।

कार्यक्रममा नगर उपप्रमुख निरु पोखरेल, पूर्व डिआईजी प्रेमलाल श्रेष्ठ, नेवाः देयः दवु मधेस प्रदेश संयोजक दक्ष नारायण श्रेष्ठ, नेकपा एसका मधेश प्रदेश सदस्य मो. ईश्लाम, नेकपा एमालेका जिल्ला सदस्य मित्र नारायण श्रेष्ठ, नेपाली कांग्रेस सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सभापति ललन प्रसाद गुप्ता लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

युवा नेता पेसल श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु कुमारी श्रेष्ठले गरिन । अधिबेशनले मित्र नारायण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको जनाएको छ ।
सोही अधिबेशनबाट बम बहादुर श्रेष्ठको अध्यक्षतामा १५ सदस्य नगरसमिती तथा जित बहादुर श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नेवा समाज गुठी रुपनगर गठन गरेको नवगठित समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page