सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
अर्थतन्त्र

रामपुर कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

बृजमान तामाङ /
विरेन्द्र बजार, १४ फागुन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ११ मा अबस्थित रामपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शिवशंकर चौधरीको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गया प्रसाद चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा प्रमुख अतिथि वडा अध्यक्ष चौधरी, नागेन्द्र प्रसाद चौधरी, चुलाही चौधरी, रेखा चौधरी, विना चौधरी, धनिलाल साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभामा संस्थाको कोषाध्यक्ष विबेक कुमार चौधरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को १९ लाख ४ हजार १ सय १ रुपैयाँको आयब्याय सर्वसम्मत पारित गरिएको थियो ।
संस्थाका शेयर सदस्य चिन्ता चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत जितेन्द्र प्रसाद चौधरीले गरे ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page