मनोरन्जन समाचार

यो वर्षको मिस्टर एण्ड मिस कलेज आइकनको उपाधि प्रतिक साह र अञ्जली आनन्दले हात पारे

राजविराज, १५ फागुन । पहिलो मिस्टर एण्ड मिस कलेज आइकनको उपाधि पुरुषतर्फ प्रतिक साह र महिलातर्फ अञ्जली आनन्दले हात पारेका छन् ।
सप्तरीको राजविराज स्थित शिवशंकर सिनेमा हलमा सम्पन्न प्रतियोगीतामा प्रतिकले शिर्ष उपाधिसहित कन्फिडेण्ट, पब्लिक च्वाइस, र फोटोजेनिक उपाधि समेत आफ्नो पक्षमा पारे । यसैगरी आनन्दले शिर्ष उपाधिसहित वेष्ट ग्लोविङ्ग स्किन उपाधि आफ्नो पक्षमा पारिन् ।
प्रतियोगितामा कन्फिडेण्टको अवार्डसहित आँचल यादवले फस्ट रनर अप बन्न सफल हुँदा ग्रसिक सुराना ब्यूटी विथ ब्रेन र ग्लामरस लुकसहित सेकेन्ड रनर अप भइन ।

पुरुषतर्फ ओबिडिएण्टको उपाधिसहित माधवमुकुन्द मिश्र फस्ट रनर अप र अफान फरहान ट्यालेण्टेड र बडी फिटनेससहित सेकेण्ड रनर अप भए । कलेज आइकनका विजेता, उपबिजेताहरूलाई भव्य समारोहबीच ताजसहित क्राउन, प्रमाणपत्र र उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ ।
रक्षा मिडिया हाउस प्रालि काठमाडौंको व्यवस्थापनमा लायन्स क्लब अफ राजविराज सिटीले सप्तरीमा पहिलो पटक कलेज आइकन आयोजना गरेको हो । सहभागीहरूको प्रतिभा, वाककला र व्यक्तित्व आदिका आधारमा उच्च मावि अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन भएको हो ।
राजविराज जेसीजको आयोजनामा यसअघि पहिलो पटक राजविराज लिटिल आइकन २०२१ भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page