समाचार

नेपाल र युएईबीच व्यापारमा पारस्परिक सम्बन्ध हुने : यूएइका राजदुत सायिद हमदान अलनवी

डम्बर राई- उत्तम आचार्य /
कञ्चनरुप, १६ फागुन ।
नेपालका लागि यूएइका राजदुत सायिद हमदान अलनवीले युएइ र नेपालको पारस्परिक सम्बन्ध राम्रो भएको बताउँनुभयो । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरद्वारा आयोजित स्वागत कार्यक्रममा सोमवार आउनुभएको राजदुत अलनवीले निकट भविश्यमै युएइ र नेपाल बीच व्यापारीकरण समेतको मिलोमतो भइसकेको जानकारी दिनभयो ।
उहाँले भन्नुभयो, यूएइ र नेपालको सम्बन्ध राम्रा् भएकै कारण नेपालबाट रोजगारका लागि युएइ पुगेका नेपाली कामदारहरुलाई आफ्नो देशमा इज्जत गरिने र नेपाली कामदारको माँग प्राथमिाककरणमा पर्दैआएको हो । अहिले अरबमा तीनलाख नेपालीहरु रोजगारका सिलसिलामा वसोवास गर्दैआएका छन् । उहाँले नेपालीहरु अरब देशमा गएर काम गरोस् भन्ने प्रेरणा दिदै आफुले गर्नुपर्ने सहयोग पुर्याउने विश्वस्त दिलाउनुभयो । नेपालबाट खाधान्न बस्तु युएई पठाउने कार्यमा प्रक्रियाहरु हुँदै गरेको जानकारी दिनुहुदै राजदुत अलनवीले भन्नुभयो, युएईबाट पनि नेपालमा ६० वटा बिधालयहरु निर्माण गरिएको र कोभिडको संक्रमणकालमा पनि नेपाललाई सहयोग भएको छ ।

१८ टन स्वास्थ्य समाग्रीहरु सहयोग भएको आँकडालाई प्रस्तुत गर्दै अलनवीले नेपालका लागि आफु पाँचबर्षदेखि राजदुत भएर बसेको अवधिभर यि कामहरु नेपालमा गरिएको जानकारी दिनुभयो ।
यस्तै कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले नगरले पहिलो प्राथमिकतामा राखेर काम गरेको स्वास्थ्य र शिक्षा अन्तर्गत राम्रो उपलब्धि भएको बताउँनुभयो । उहाँले कृति हेल्थ सामुदायिक स्वास्थ्य केन्द्रले संचालन गरेको निःशुल्क आँखा शिविरले नेपालका मात्र नभएर भारतका समेत नागरिकले सेवा पाएकोमा नगरको योगदान हो भन्नुभयो ।

निःशुल्क आँखा शिविर प्रायोजन गर्ने काठमाडौ तिलगंगा आँखा अस्पताललाई सहयोग पुर्याउँने अलहार्मिन एकाडेमी सोसाइटीका निर्देशक आमिर जफार अलीले भन्नुभयो, हाम्रो सहयोगले आज नेपालको यस क्षेत्रका नेपाली जनताले सेवा पाएर जुन खुशी प्राप्त भएको छ त्यो नै आफ्नो ठूलो धर्म छ । उहाँले अरेवियन भाषामा बोल्नुहुदै राजदुतलाई आफुले गरेको सहयोग र लागतको विवरण सुनाउँनुभयो ।
शंकर माविको प्राङ्गणमा आयोजित समारोहमा टिचिङ्ग अस्पताल काठमाडौका पूर्व प्राध्यापक डा. रोहित पोखरेलले आफु नेपाली भएर नेपालमा विदेशी दाता एवं राजदुतलाई स्वागत गर्न पाएकोमा हर्ष मान्दै यस्ता गरिमामय व्यक्तित्वको उपस्थितिले देशमा उर्जा थपिनेमा विश्वस्त रहेको जानकारी दिनुभयो ।

एशियन आमा नेपालकी अध्यक्ष कुन्नम पोखरेलले एशियन आमा नेपालको सन् १९९७ मा जन्म भई आजसम्म निरन्तर रुपमा चल्दै आएको बताउँनुभयो । एशियन आमा नेपालद्वारा संचालित यस कृतिहेल्थ सामुदायिक स्वास्थ्य केन्द्रले दुर्घटना, सुत्केरी, प्रसुती लगायत प्राथमिक उपचारमा सेवा पुर्याउदै आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, वालवालिकाका क्षेत्रमा महत्वपूर्ण भूमिकासंगै शिक्षाक्षेत्रमा समेत कामगर्दै आएको छ । पोखरेलले सप्तरीका जनतामाथी कृतिहेल्थ केन्द्रले पुर्याएको स्वास्थ्य योगदानको सह्रायिन चर्चा गर्नुभयो ।

सो समारोहमा केन्द्रले प्रमुख अतिथि राजदुत अलनवी, सोसाइटीका निर्देशन आमिर जफार, नगर प्रमुख मिश्र, उप प्रमुख निरु पोखरेल, संरक्षक डाक्टर रोहित पोखरेल, एशियन आमा नेपालकी अध्यक्ष पोखरेल, तिलगंगा आँखा अस्पताल काठमाडौका डाक्टर सृजना अधिकारी लगायत केन्द्रलाई सहयोग पुर्याउने व्यत्तिःत्वहरुलाई सम्मान गरेको छ ।
यहि फागुन १४ गतेबाट केन्द्रले संचालन गरेको शिविरको आयोजनामा सोमवार राखिएको स्वागत कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page