समाचार

नेपाल खेलकुद महासंघ सुदुरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश चन्द सर्वसम्मत

धनगढी । नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाश कुमार चन्द निर्वाचित भएका छन् । सोमबार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
कराँतेका अन्र्तराष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायकको रुपमा राम्रो छवि बनाएका चन्द नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ कैलालीको पूर्व अध्यक्ष र राष्ट्रिय गोजुरीयो कराँते संघका महासचिव हुन ।
बक्सिङ र भलिबलको राष्ट्रिय खेलाडी कोपीला सिंह शाही उपाध्यक्षमा निर्वाचित भईन । त्यस्तै अर्का भलिबल खेलाडी हिक्मत रावल उपाध्यक्षमा निर्वाचित भए ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य समेत रहेका कराँतेका प्रकाश विक सचिव चयन भए । त्यसैगरी क्रिकेट खेलाडी सुरेश बोहरा तथा भलिबल खेलाडी कृष्ण रोकाया उपसचिवमा निर्वाचित भए ।
ब्याडमिन्टनको राष्ट्रिय खेलाडी एवं निर्णायक दुर्गा भण्डारी कोषाध्यक्षमा निर्वाचित भईन । भण्डारी नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्ष हुन । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

नेकपा (एमाले) का सचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट एवं एथलेटिक्सका तेजेन्द« थापालाई नगद सहित सम्मान गरियो ।
सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका प्रतिनिधीको सहभागीता रहेको अधिवेशनमा उसुका खेलाडीले खेल कौशल प्रस्तुत गरका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page