समाचार

नेपाल शिक्षक संगठन सप्तकोसीको दोस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा दिपक गिरि

शिव प्रसाद आचार्य /
फत्तेपुर, १६ फागुन ।
नेपाल शिक्षक संगठन सप्तकोसीको दोस्रो नगर अधिबेशन सोमबार बलार्दह स्थित बिश्वेस्वर बैरागी आधारभूत विद्यालयमा सम्पन्न भएको छ ।
अधिबेशनले माबि ओद्राहाका शिक्षक दिपक गिरिको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन गरेको छ।
नेकपा (एमाले) को जनबर्गिय संगठनको रुपमा रहेको संगठनको उपाध्यक्षमा लोक बहादुर श्रेष्ठ ,महिला उपाध्यक्षमा उमा कुमारी यादब, सचिबमा बाबुल बस्नेत, सह सचिबमा अन्जु कुमारी चौधरी ,कोषाध्यक्षमा प्रदिप कुमार चौधरी र सह कोषाध्यक्षमा रन्जु चौधरी चयन भएका छन्।
त्यसैगरि सदस्यहरुमा कुमार चौधरी ,सुनिता बस्नेत ,मिना बिष्ट, सुरेन्द्र झा, कृष्ण देब चौधरी ,रिता कुमारी चौधरी ,रन्जना चौधरी ,साने प्रसाद चौधरी ,सन्जु यादब, रुपेश खडका चयन भएको नव निर्वाचित अध्यक्ष गिरिले जानकारी दिए ।

सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी संगठनका मधेश प्रदेश सदस्य योगेन्द्र प्रसाद यादब ,जिल्ला अध्यक्ष चन्द्रदेव चौधरी ,उपाध्यक्ष बैधनाथ यादब, कन्चनरुप नगरपालिकाका सङठन अध्यक्ष राम नारायण साह, माबि ओद्राहाका शिक्षक कपलेश्वर यादब लगायतको सहभागीता रहेक थियो।
नेपाल शिक्षक सङठनका निबर्तमान अध्यक्ष उमाकान्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बाबुल बस्नेतले गरेका थिए भने कार्यक्रम सन्चालन दिपक गिरिले गरेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page