समाचार

राष्ट्रिय युवा संघ नेपाल सप्तकोशीको प्रथम नगर अधिवशेन सम्पन्न ,अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मत चयन

कञ्चनरुप, २१ फागुन । राष्ट्रिय युवा संघ नेपाल सप्तकोशी नगरपालिकाको प्रथम नगर अधिवशेन सम्पन्न भएको छ ।
शनिवार सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा सम्पन्न अधिवेशनले अजय श्रेष्ठको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा विपिन चौधरी, सचिवमा नवराज अधिकारी, सह सचिवमा हरेराम खड्गा र उपेन्द्र यादव एवं अनुराई चौधरी कोषाध्यक्षमा निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा विशाल पौड्याल, विजय राज श्रेष्ठ, सुनिल आचार्य, मिलन राय, विरेन्द्र थापा, अमन साह, अजित रौनियार, गोपाल गुप्ता, मो. फत्ते, अकवर सिदिकी, अनन्त नारायण चौधरी लगायत निर्वाचित भए ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला सह इन्चार्ज राजकुमार लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराइएको थियो ।
अधिवेशनलाई नेकपा (एमाले) का जिल्ला सदस्य तथा सप्तकोसी नगर अध्यक्ष पारस दाहाल, जिल्ला कमिटी सदस्य जाहिर हुसेन, युवा संघका केन्द्रिय मनिष श्रेष्ठ लगायतले सम्बोधन गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page