समाचार

नेवा देय दवु सप्तकोशी नगर अध्यक्षमा महेश मास्के चयन

कञ्चनरुप, २२ फागुन । नेवा देय दवु सप्तकोशी नगर अध्यक्षमा महेश मास्के चयन हुनुभएको छ ।
आइतबार सप्तकोशी नगरपालिका वडा नम्बर ४ ॐ शान्ति भवनमा आयोजना गरिएको नगरस्तरीय भेलाले मास्केको अध्यक्षमा ११ सदस्यीय नगर समिति गठन गरेको हो ।
गठित समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा पूर्ण बहादुर श्रेष्ठ, महिला सचिवमा निरुता श्रेष्ठ, कोषाध्यक्षमा अनिता श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा प्रेम कुमार श्रेष्ठ, विन्द्रमान श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, दिपराज श्रेष्ठ रहेको अध्यक्ष मास्केले जानकारी दिनुभयो।

सुगा श्रेष्ठको अध्यक्षता तथा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माको प्रमुख आतिथ्यमा आयोजित भेलामा नेवा देय दवु मधेश प्रदेश अध्यक्ष दक्ष नारायण श्रेष्ठ, सप्तरी जिल्ला अध्यक्ष मित्र नारायण श्रेष्ठ, कञ्चनरुप नगर अध्यक्ष बम बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page