समाचार

बाल संजालका सदस्यहरुलाई लागूपदार्थ सेवनविरुद्ध सचेतनामूलक कार्यक्रम

कञ्चनरुप, २२ फागुन । सप्तरीको कञ्चनरुपमा लागूपदार्थ सेवनविरुद्ध नगर बाल संजालका सदस्यहरुलाई सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
आइतबार कञ्चनरुप नगरपालिकाको सभाहलमा नगरपालिका र ईलाका प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप “सामाजिक न्याय र लैङ्गिक सामानता दिगो बिकासको सुनिश्चितता” राष्ट्रिय नाराका साथ ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बाल संजालका सदस्यहरुलाई लागूपदार्थ सेवनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राम कुमार यादव, नगरपालिकाका कर्मचारीहरु, नगर बाल सञ्जालका सदस्यहरु, बिभिन्न स्कुलका बिद्यार्थिहरुको उपस्थितीमा लागु पदार्थ सेवन बिरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको थियो ।
नगर प्रमुख वसन्त कुमार मिश्रको प्रमुख आतिथ्य तथा नगर बाल सञ्जालको अध्यक्ष हरी साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page