समाचार

सप्तरीको राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना हुने

Wikipedia -Saptari District
Wikipedia -Saptari District

राजविराज, २४ फागुन । सप्तरीको राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।
मधेश प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
लाहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
सम्पूर्ण प्रक्रिया पुरा भएपछि चाँडै कार्यालय स्थापना गरिने जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page