आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
कोशी प्रदेश

चाँदीको गरगहना लुटपाटमा संग्लग्न ४ जना पक्राउ

मोरङ, १३ चैत्र । मोरङ प्रहरीले बेलवारी नगरपालिका ४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गरगहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक नगरपालिका ३ झापाका २५ वर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका १ महोत्तरीका ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका ६ उदयपुरका २४ वर्षीय बिशाल बिक र ईटहरी ५ सुनसरीका २४ वर्षीय बादल बिक रहेका छन् ।
दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाट गरेको थियो ।
घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page