समाचार

बरमझियाको पेडा व्यवसायले देशको अर्थतन्त्र सहितको जीविकोपार्जनमा टेवा पुगेको छ : अध्यक्ष तिम्सीना

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिम्सीनाले सप्तरीको बरमझियाका पेडा व्यवसाय अविश्यमा अझै बढेर जानुकोसंगै राष्ट्र, अन्तरराष्ट्रसम्म प्रचार प्रसार भएर जानेमा विश्वास गर्नुभएको छ ।
यो व्यवसायले अर्थ उपार्जन गरी आत्म निर्भर गर्नुको साथसाथै अर्काे पेशा रोज्नुपर्ने अवस्था सिर्जना नहुने र भविश्यमा राष्ट्ररुपमा मात्र होइन अन्तरराष्ट्ररुपमा यो व्यवसाय प्रचा प्रसार र आफ्नो जीविकोपार्जनलाई बढवा दिन अर्काे विकल्प खोज्न नपर्ने गरी यो व्यवसायमा आकर्षित भएर लाग्ने छ मैले विश्वास लिइएको छु उहाँले भन्नुभयो ।
यो व्यवसायलाई राष्ट्रको ध्यानाकर्षण गर्ने उद्वेश्यका साथ अनी परम्परागत पेडा व्यवसायलाई आधुनिकीकरण गर्ने, स्थायिकरण गर्ने, विस्तार गर्ने र आफ्नो पहिचानलाई अगाडी बढाउने उद्घेश्यका साथ आयोजना गरिएको महोत्सवलाई अध्यक्ष तिम्सीनाले धन्यवाद ज्ञापन गर्नुभयो ।

कञ्चनरुप नगरपालिकाद्वारा आइतवार वडा ३ स्थित बरमझियामा आयोजित ऐतिहासिक पेडा महोत्सवलाई प्रमुख अतिथीको आसनबाट सम्वोधन गर्नुहुदै आफ्नो जिम्मेवारीको काम तोकिएको र कति समयमा के कति गर्ने ? त्यहि समयमै गर्नुपर्छ अनी मात्र हाम्रो लक्षको काम पूरा हुदै गाउँ, नगर र देशको विकास हुन्छ वहाँले बताउनुभयो ।
हामीले समयमा भनेको कुरा पूरा गर्ने, चाहे योजनाको कुराहोस् वा समाजिक उत्थानको, सबै समयमा सक्ने बानीको विकास गर्नुपर्छ । जहाँसम्म पेडा व्यवसायका समस्या जनप्रतिनिधिले बुझ्नुपर्छ, तीनै तहका सरकारले बुझ्नुपर्छ र सबैले यहाँका समस्या बुझ्नु जरुरी छ अध्यक्ष तिम्सीनाले भन्नुभयो, अनावश्यक कुरा गर्दै हिड्ने नेता तथा जनप्रतिनिधिहरुसंग होसियार हुनुपर्छ । यहाँ यतिलाख रुपैयाँ छुट्टिएको छ भन्ने तर काम नगर्ने, रुपैयाँ नछुट्टयाई छुट्टिएको भन्ने अनी छुट्टयाइएको रकमलाई होइन भन्दै हिडने यो भन्दा बइमान केहि हुदैन वहाँले थप्नुभयो । यदि यहाँको बजेट छुट्टिएर पनि आएन भने कहाँ गयो ? के भयो ? त्यो खोजी गर्नुपर्छ ।

लोकतान्त्रिक गणतन्त्रको मुलुकमा ढाँटेर, छलेर जिम्मेवारी तथा नेतृत्वमा बस्ने जमाना गयो । अब यहि बैशाख ३० गते हुने स्थानिय चुनावमा पालिकाको विकासप्रति जनताको चित्त बुझ्दो काम गरेको जनप्रतिनिधिलाई भोट हाल्नुपर्छ तिम्सीनाले भन्नुभयो, ढाँट, छल गरेर विकास गरीदिन्छु भन्दै पैसा आउँछ भनेर काम नगर्नेहरुलाई अब जनताले चखाउनु पर्छ । तपाइले झुठो खेती गर्नुभयो बस्नुस् तपाइलाई हामी भोट हाल्दैनौ भनेर भन्नुपर्छ । अब कुनैपनि जनप्रतिनिधि वा नेताले झुठो बोलेर तागतको विवशतालाई देखाएर अनी चुनावको बेला पैसा, लत्ताकपडा बाँडेर दारुपानी ख्वाएर चुनाव जित्ने सपना देखेका छन् यस्ताबाट सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले पेडा व्यवसायसंगै किसान पनि जोडिएकोले किसानको समस्यालाई पनि बुझ्नु उत्तिकै जरुरी रहेको बताउनुभयो । दुध उत्पादन नभई खुवा, पेडा बन्दैन तसर्थ गाई, भैंसीको आहार विहार तथा खानपानमा ध्यान पुर्याउनु पर्छ यधपी घाँस, औषधी उपचार लगायतमा उचित व्यवस्था मिलाउनु पर्छ । यसरी पशुपालन तथा दुध उत्पादन कार्यमा र दुध व्यवसायसंग जोडिएको पेडा व्यवसायले हजारौंलाई रोजगार मिल्नेछ । उहाँले भन्नुभयो रोजगारका लागि साउदी अरब, मलेशिया, कतार लगायत खाडी मुलुकमा लाखौ युवा युवतीहरु पुगेकाछन् किन ? यहाँ बेरोजगार भएर होनी । हाम्रा युवाहरु विदेशमा ५० डिग्रीको तापक्रममा काम गर्न बाध्यछन् त्यसैले हामीले अब हाम्रा छोरा, छोरी, भाई, बहिनीहरुलाई स्वदेशमै रोजगारमुखी बनाउने जनप्रतिनिधिलाई रोज्नुपर्छ ।
कृषिक्षेत्र अन्तर्गत गाई, भैंसी पालन, चिस्यानकेन्द्र लगायतमा सरकारले लगानी गरेको जानकारी दिनुहुदै भन्नुभयो, यसका लागि संघिय सरकारमा कार्यक्रम बनाएर आएको खण्डमा आफुले सरकार समक्ष पुर्याउन सहयागे गर्ने छु । बरमझियाको पेडा व्यवसायलाई माथी उठाउन नेता तथा जनप्रतिनिधिहरुलाई आवश्यक काम कारवाही आगाडी बढाउन सुझाव दिनुहुदै यो व्यवसायले देशको अर्थतन्त्र सहितको जीविकोपार्जनमा ठूलो टेवा पुगेको तिम्सीनाले बताउनुभयो ।

आयोजित कार्यक्रममा नगर प्रमुख बसन्त कुमार मिश्रले धेरै बर्ष पहिला बरमझियामा एउटा मात्र पेडा पसल थियो तर आज त्यो ऐतिहासिकरुपमा परिणत भयो त्यहि एउटाबाट थपिने विस्तारक्रम बढेर राष्ट्र अन्तरराष्ट्रसम्म चर्चित बन्नपुगेको हो भन्दै गर्व गर्नुभयो । कञ्चनरुप नगरपालिकाको शान र व्यवसायिकमान यहि बरमझियाको पेडाले गर्दा भएको हो तसर्थ पनि मैले यसको स्थायित्व र पहिचानका लागि सोच्दै आएको हुँ र ढिलैभएपनि महोत्सव गरिएको छ यसले थप उर्जा दिनेछ नगर प्रमुख मिश्रले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई पूरानो पेडा पसलका प्रोप्राराइटर स्वर्गिय बैजनाथ साहका छोरा राज कुमार साहले यहाँका र पेडा व्यवसायिसंग जोडिएको किसानको समस्या केन्द्रित गरेर समारोहका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिम्सीनालाई दर्साउनु भएको थियो ।

वडा नम्बर ८ का वडाध्यक्ष राज कुमार साह, नेपाली काँग्रेसका नेता वडा २ निवासी भरत शर्माले शुभकमना व्यक्त गर्नुभएको थियो । शिक्षा शाखाका संयोजक ललित नारायण यादवद्वारा संचालित कार्यक्रम नगर प्रमुख मिश्रको अध्यक्षता रहेको थियो । २० वटा पेडा स्टल रहेको सो महोत्सव दुई दिनसम्म चल्ने आयोजक समितीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page