सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
शिक्षा

शिक्षक सेवा आयोगको परीक्षा हलमा जाँदा मोबाइल फोन बोक्न नपाउने

काठमाडौं । विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान शिक्षक सेवा आयोगले सूचित गरेको छ ।
आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिएर जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले बोकेको पाइएपछि सूचना निकाल्नुपरेको आयोगले जनाएको छ ।
मोबाइल फोन लगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने सूचनामा जानकारी गराएको छ ।
साथै परीक्षा केन्द्रमा खटिने कर्मचारीहरुले सोही अनुसार आवश्यक व्यवस्था मिलाउन समेत आयोगले सूचनाबाट सूचित गरेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page