खेलकुद

प्रथम कञ्चनरुप मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिन वडा नम्बर ९ विजयी

कञ्चनरुप, १७ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिन बिहिवार वडा नम्बर ९ विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर २ र ९ बीच भएको खेलमा पहिलो हाफको २ मिनेटमा वडा नम्बर ९ का जर्सी नम्बर १२ का सुजन भुजेलले १ गोल गरे भने २१ मिनेटमा वडा २ का जर्सि नम्बर ७ का भोला पण्डितले १ गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेल अवधी भर दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइवेकरमा वडा नम्बर ९ विजयी भएको हो ।

वडा नम्बर ९ का जर्सि नम्बर ६ का सुनिल सरदार ,जर्सी नम्बर १० का सुरेन्द्र सरदार र जर्सी नम्बर ११ का अरुण सरदारले एकएक गोल गरे भने वडा नम्बर २ का जर्सी नम्बर १० का प्रिन्स झाले एक गोल गरेका थिए ।
ट्राइवेकरमा वडा नम्बर ९ ले ३ गोल गर्न सफल भयो भने वडा नं. २ ले एक गोल मात्र गर्न सफल भयो । वडा नम्बर ९ का जर्सी नम्बर १२ का सुजन भुजेल म्यान अफ दि म्याच भए ।
भोलि शुक्रबारको खेल कञ्चनरुप ८ र १० बीच हुने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page