समाज

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मण्डल पक्राउ

सप्तरी, १७ चैत । सप्तरी प्रहरीले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।
सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर २ का २३ वर्षीय अरबिन्द कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
मण्डलले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ललाई फकाई प्रलोभनमा पारी रकम लिने गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page