खेलकुद

प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिन वडा नम्बर ५ विजयी

कञ्चनरुप, २० चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिन आइतवार वडा नम्बर ५ विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ र ११ बीच भएको खेलमा दुबै टिमले खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि ट्राइवेकरमा वडा नम्बर ५ विजयी भएको हो ।
वडा नम्बर ५ का जर्सि नम्बर २ का दिलिप चौधरी , जर्सी नम्बर ५ का समीर सरदर, जर्सी नम्बर ६ का किरण सरदार र जर्सी नम्बर १४ का संजय तामाङले एक/एक गोल गरे भने वडा नम्बर ११ का जर्सी नम्बर ९ का अजय थापा मगर र जर्सि नम्बर १० का दिवेश चौधरीले एक/एक गोल गरेका थिए ।
ट्राइवेकरमा वडा नम्बर ५ ले ४ गोल हान्न सफल भयो भने वडा नं. ११ ले २ गोल मात्र हान्न सफल भयो । वडा नम्बर ५ का जर्सी नम्बर ८ का मनोज तामाङ म्यान अफ दि म्याच भए ।
भोलि सोमबार दोश्रो चरणको खेल कञ्चनरुप ७ र ८ बीच हुने बताइएको छ ।

I
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page