खेलकुद

कञ्चनरुप ८ बिरुद्ध वडा नं. ७ १–० गोल अन्तरले विजयी ,राहुल कटुवालले गरे १ गोल

कञ्चनरुप, २१ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोश्रो चरणको पहिलो दिन सोमवार वडा नम्बर ७ एक गोलले विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ७ र ८ बीच भएको खेलमा दुबै टिमले पहिलो हाफको खेलमा कुनै पनि गोल गर्न नसकेपछि दोस्रो हाफको १५ मिनेटमा वडा नम्बर ७ का जर्सी नम्बर १२ का राहुल कटुवालले १ गोल गरेपछी वडा नम्बर ७ १-० गोलले विजयी भएको हो ।

वडा नम्बर ७ ले १ गोल हान्न सफल भयो भने वडा नं. ८ ले कुनै पनि गोल हान्न सकेन । वडा नम्बर ७ का जर्सी नम्बर १२ का राहुल कटुवाल म्यान अफ दि म्याच भए ।
भोलि मंगलबार दोश्रो चरणको खेल कञ्चनरुप ९ र १२ बीच हुने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page