खेलकुद

सहलेस फुटबल क्लब सिराहाले दमक फुटबल एकेडमी झापालाई हराउँदै सेमिफाइनल प्रवेश

खगेन्द्र कार्की /
फत्तेपुर, २७ चैत ।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोजित मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन आइतवार भएको क्वाटर फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले दमक फुटबल एकेडमी झापालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सहिद स्मृति खेलमैदान फत्तेपुरमा सम्पन्न क्वाटर फाईनल खेलमा सहलेस फुटबल क्लब सिराहाले दमक फुटबल एकेडेमी झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

सिराहाका जर्सि नं. ७ का फोफोना फोडेले १५ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । २१ औं मिनेटमा फोडेले नै दोस्रो गोल गरे भने खेलको २९ औं मिनेटमा सिराहाकै जर्सि नं. १५ का रुपक लामाले थप एक गोल गरेर टिमलाई जित दिलाए ।
त्यसैगरी दमक फुटबल क्लबका जर्सि नं. ५ का गिल्सन लिम्बुले एक गोलमात्र गर्न सफल भए ।
भोलीको खेल आयोजक सप्तरी र एपीएफ फुटबल क्लब मोहत्तरी बीच हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले २ लाख नगद, ट्रफी र उपविजेताले १ लाख नगद र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page