कलाकार चलचित्र

अभिनेत्री केकी अधिकारीले गरिन् व्यवसायी रोहित तिवारीसँग विवाह

काठमाण्डौ । अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग आज बिहीवार विवाह गरेकी छिन् ।
अभिनेत्री अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै व्यवसायी तिवारीसँग विवाह गरेको जानकारी दिएकी छिन् ।
उनले फेसबुकमा लेखेकि छिन् – आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको अाशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। -केकी /रोहित

तस्बिर : केकी अधिकारीको फेसबुकबाट

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page