राजनीति

नेकपा एमालेले सप्तरीका १८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता ग¥यो

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), १३ वैशाख ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट जिल्लाको ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकासहित १८ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
राजविराज नगरपालिकाको नगर प्रमुखमा अनीलकुमार झा र उपप्रमुखमा सशीता कुमारी देवले उम्मेदवारी दिएर मनोनयन दर्ता गराउनु भएको छ ।
त्यसैगरी कञ्चनरुप नगरपालिका नगर प्रमुखमा मो. कलिम र उपप्रमुखमा कल्पना चौधरी, सप्तकोशी नगरपालिका प्रमुखमा उत्तम शर्मा र उपप्रमुखमा संगिताकुमारी चौधरी, सुरुङ्गा नगरपालिका प्रमुखमा देवनारायण चौधरी र उपप्रमुखमा सिलमकुमारी पासवान , शम्भुनाथ नगरपालिका प्रमुखमा इन्द्रदेव साह र उपप्रमुखमा केशरी चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरिफ रहमान र उपप्रमुखमा सुनिता कुमारी यादव, डाक्नेश्वरी नगरपालिका प्रमुखमा रामलखन मुखिया र उपप्रमुखमा मिराकुमारी यादव, खडक नगरपालिका प्रमुखमा इन्द्रकुमार चौधरी थारु र उपप्रमुखमा सुनिता देवी साह, बोदे बर्साइन नगरपालिका प्रमुखमा अनोजकुमार यादव र उपप्रमुखमा कविता कुमारी साहले पनि मनोनयन दर्ता गराउनु भएको छ ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा मीनादेवी राम र उपाध्यक्षमा रमाकुमारी साह, बलान बिहुल गाउँपालिका अध्यक्षमा अरुणकुमार गोइत र उपाध्यक्षमा रीताकुमारी यादव, राजगढ गाउँपालिका अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेखा यादव, रुपनी गाउँपालिका अध्यक्षमा रामभजु यादव र उपाध्यक्षमा जसोमती साह, विष्णुपुर गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार यादव र उपाध्यक्षमा वबीता साह, अग्निसाइर कृष्ण्सवरण गाउँपालिका अध्यक्षमा दिनानाथ चौधरी र उपाध्यक्षमा शैलेन्द्री कुमारी लेखी थरुनी, तिरहुत गाउँपालिका अध्यक्षमा दिनेश कुमार यादव र उपाध्यक्षमा शोभाकुमारी मेहता, महादेवा गाउँपालिका अध्यक्षमा नारायण यादव र उपाध्यक्षमा मन्जुकुमारी यादव तथा छिन्नमस्ता गाउँपालिका अध्यक्षमा दिपेन्द्र कुमार यादव र उपाध्यक्षमा ललीतादेबी मेहताले उम्मेदवारी दर्ता गराउनु भए सङ्गै नेकपा एमाले सप्तरीले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page