खेलकुद

सप्तरीको रुपनगरमा संचालित प्रियान्स फिटनेस सेन्टरको नेता प्याकुरेलद्वारा उदघाटन

कञ्चनरुप, २७ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित रुपनगरमा प्रियान्स फिटनेस सेन्टर संचालन गरिएको छ ।
सेन्टरको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्व राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले शुक्रबार एक समारोहका विच उद्वघाटन गरेको हो ।
फिटनेस सेन्टर उद्घाटन गर्दै नेता प्याकुरेलले जिल्लाकै गौरवको रुपमा संचालित सेन्टरले कञ्चनरुप नगरपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आफ्नो जिवनको सम्पुर्ण समय खेलकुद क्षेत्रमा समर्पण गरेका व्यक्तिको निजि लगानीमा संचालित फिटनेस सेन्टरले कञ्चनरूप नगरपालिका सहितका जिल्लावासीहरुलाई सहज हुने बताए ।

वर्तमान समयको माँग अनुसारको फिटनेस सेन्टर संचालन गरेर उपयुक्त निर्णय लिएको भनि प्रसंशा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याकुरेलले सेन्टरको सफलताको लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए । उनले खेलकुदको क्षेत्रमा ठूलो सपना लिएर शुरु गरिएको मदन भण्डारी खेलग्रामले छिटै पुर्णता पाउने बताए । रुपनगरमा शुरु भएको मदनभण्डारी खेलग्राम हामी सबैको सपना हो, प्याकुरेले भने, केही प्राविधिक कठिनाईले ढिलामात्र भएको हो छिटैपुर्णता पाउनेछ ।

कञ्चनरुप नगरपालिकाका पस्र्व मेयर वसन्त कुमार विश्रले फिटनेस सेन्टरले सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताए । कञ्चनरुप नगरपालिकामा सेन्टर संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले सेन्टरमा सेवा लिनेहरुले मध्यपान, लागूऔषध जस्ता कुलतको वानी हट्नुको साथै स्वस्थ जीवन र समाजसुधारको कार्यमा योगदान गर्ने बताए । उनले हाम्रो ठाउँलाई राम्रो ठाउँ बनाउन सेन्टर संचालनले ठूलो सहयोग पुग्ने भन्दै आफ्नो तर्फबाट भरिपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खेलकुद कार्यालय सप्तरीका प्रमुख एवम् सेन्टरका संचालक दिनेश भुजेलले नाफा कमाउने भन्दा सेवाको भावनाले फिटनेस सेन्टर संचालन गरेको बताए । उक्त सेन्टर संचालनमा २१ लाख लगानी गरेको उनले बताए । अहिले सामान खरिदमा १८ लाख लागेको छ ,उनले भने, डेकोरेशन सहितको अन्यखर्च जोड्दा कुल २१ लाख जति लगानी पुगेको छ ।
युवा संघ कञ्चनरुप नगरपालिकाका संयोजक जैनुद्विन मियाँद्वारा संचालित कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार मो. कलिम, उप्रमुखका प्रत्यासी कल्पना चौधरी, वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार लगायत स्थानीय बुद्विजिवी, पत्रकारहरुको उपस्थित रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page