कोशी प्रदेश समाज

सुनसरीबाट कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २ असार । सुनसरीको कोशी गाउँपालिकाबाट कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका ३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेका छन ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका २ स्थितबाट कटुवा पेस्तोल र लागुऔषध सहित राईलाई पक्राउ गरेको हो ।
राईको साथबाट १ थान कटुवा पेस्तोल, १ थान गोलीको खोका, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page