कोशी प्रदेश समाज

सुनसरीको रामधुनीमा नहरको पानीमा डुबेर एक पुरुषको मृत्यु

साँकेतिक तस्बिर

सुनसरी, असार १९ गते । सुनसरीको रामधुनीमा नहरको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका ३ सिघिया स्थित नहरको पानीमा डुवी स्थानीय ५० वर्षीय महमत मियाँको मृत्यु भएको हो ।
महमत नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई पानीमा डुवेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page