कोशी प्रदेश समाज

उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक जना बृद्धको मृत्यु

उदयपुर, २० असार । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ८ देउखुरीका ६५ वर्षीय मन्तु चौधरी रहेका छन ।
सोमबार बिहान पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा चौधरीलाई अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page