कञ्चनरुप, २३ असार । सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसले बिहीबार कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले नगर प्रमुख ललनप्रसाद गुप्ता, उपप्रमुख मुना कुमारी पोखरेल, प्रमुख प्रशासकिय अधिकृत रेणुका साह, १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री, ९ नम्बरका वडा अध्यक्ष रामसुन्दर यादव, वडा सदस्यद्वय जैनुदिन मियाँ र दिपक भट्टराईलाई एक समारोहको आयोजना गरि दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख ललनप्रसाद गुप्ताले नगरपालिका भित्र रहेको एक मात्र सामुदायिक क्याम्पसको जगेर्ना गर्नु स्थानिय तहको प्रमुख दायित्त्व रहेकाले क्याम्पसको स्तरउन्नती र गुणस्तरीय शिक्षाका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

उप प्रमुख मुना कुमारी पोखरेलले हाम्रो समाजमा गरिब दलितको बसोबास रहेकाले उनीहरुको बालबालिका अध्ययन गर्ने एक मात्र सामुदायिक (सरकारी) क्याम्पस नगरपालिका भित्र रहेकाले सबैका लागि गौरवको विषय रहेको बताउँदै क्याम्पसको भौतिक विकास र क्याम्पसलाई रउन आफ्नो पूर्णरुपमा सहयोग रहने बताउनुभयो ।

१२ नम्बरका वडा अध्यक्ष देवी बहादुर खत्रीले नगरपालिकाभित्र एकमात्र सामुदायिक (सरकारी) क्याम्पस रहेकोले सम्पूर्ण नगरबासीका लागि खुशीको विषय भएकोले क्याम्पसको विकास र संरक्षण गर्न सबैको दायित्त्व रहेको बताउनु भयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले समाजमा रहेका गरिब दलितले पनि आफ्नै घरमा बसेर आफ्नो निगरानीमा बालबच्चाहरुलाई उच्च शिक्षा पढाउन सजिलो होु् भन्ने उदेश्यका साथ क्याम्पसका लागि जग्गा दान गरेको बताउनु भयो ।

उहाँले आफूले निस्वार्थ भावनाका साथ समाजको विकासमा थप टेवा पुगोस भनेर आफू सामाजिक प्राणी भएको हैसियतले समाज सेवामा योगदान गरेको बताउनु भयो ।
क्याम्पस प्रमुख दिगम्बर साहले क्याम्पसको हालसम्म भएको गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो । क्याम्पस संचालक समितिका अध्यक्ष गििरराज संग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।













Add Comment