आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाचार

मोरङ प्रहरीद्वारा चोरीको मोटरसाईकल सहित ४ जना पक्राउ

विराटनगर, ३२ असार । मोरङ प्रहरीले तीन वटा चोरीको मोटरसाईकल सहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर ४ का २२ वर्षीय नविन माझी, विराटनगर ८ का २५ वर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित पक्राउ गरेको हो ।
बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को ६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १-०१-०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page