राजनीति

जसपा कञ्चनरुपद्वारा कृषि मन्त्रीलाई सम्मान ,किसानलाई खाद्यमलको समस्या हुदैन : कृषि मन्त्री यादव

बृजमान तामाङ /
बिरेन्द्र बजार, १ साउन ।
कृषी तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादवले किसानहरुलाई खाद्यमलको समस्या नहुने बताएका छ्न ।
जसपा कञ्चनरुप नगर समितिद्वारा सप्तरीको कञ्चनपुरमा आइतबार आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले किसानहरुलाई मलको अभाव हुन नदिने बताएको हो ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले किसानहरूको मल समस्या छिटै सम्बोधन हुने बताए । किसानहरुले भोगिरहेको मल अभावको समस्यालाई नजिकबाट नियाल्दै आएको छु ,कृषि मन्त्री, यादवले भने, आफुपनी किसनको छोरा भएकोले किसानले भोगेको मल समस्या कस्तो हुन्छ भन्ने कुरा म आफैले भोगेको छु ,छिटै किसानहरुले मल समस्याको सम्बोधन हुन्छ ।

जसपा कञ्चनरुप नगर अध्यक्ष सुदम्वर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा केन्द्रिय सदस्य अनुरुद्ध सिंह यादव, मधेश प्रदेश मुख्य सचिब दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद, सचिव हरेराम यादव, जिल्ला कार्यकारिणी समिती सदस्य रामेश्वर यादव, जिल्ला सदस्य रामदेव यादव, अग्निसाइर कृष्णासवरन गाउँपालिका सचिव, मिलन चौधरी लगायतकाले मनतब्य व्यक्त गरे ।
जसपा कंचनरुप नगरपालिका सचिब चित्त रंन्जन यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष कल्पना कुमारी चौधरीले गरिन ।

You cannot copy content of this page