कोशी प्रदेश समाज

मोवाइलको चार्जर लगाउने क्रममा करेन्ट लागेर बिपिनको मृत्यु

उदयपुर, श्रावण १७ गते । उदयपुरको कटारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ६ साथीको घरमा आएका दुधौली नगरपालिका १४ सिन्धुलीका १९ वर्षीय बिपिन बिकको करेन्ट लागेर मृत्यु भएको हो।
मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाइलको चार्जर लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिकलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थलमा खटि गई घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page