समाचार

ठाकुरजी माध्यमिक विद्यालय जण्डोलका शिक्षकहरु सम्मानित

वृजमान तामाङ –
विरेन्द्र बजार, २८ साउन ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ अवस्थित श्री ठाकुरजी माध्यमिक विद्यालयका शिक्षकसहित दर्जनौं व्यक्ति सम्मानित भएका छन् ।
माध्यमिक विद्यालय जण्डोलबाट २०५५ सालमा एसएलसी उतिर्ण विद्यार्थीद्वारा गठित श्री ठाकुरजी मित्र मिलन समाजले एक भव्य समारोहका विच शनिबार शिक्षकहरुलाई सम्मान गरेको हो ।
ठाकुरजी मित्र मिलन समाजका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, विशिष्ट अतिथि पूर्व अध्यक्ष परशुराम चौधरीले विद्यालयका पूर्व शिक्षक र उनका परिवारलाई सम्मानपत्र, खदाद्वारा सम्मान गरे ।
सम्मानित हुने शिक्षकहरुमा ठाकुरजी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक राम देव चौधरी, अखिलेश झा, रामचन्द्र मण्डल, शिक्षकहरु पन्चदेव चौधरी, हरि नारायण चौधरी खगेन्द्र प्रसाद चौधरी, स्वार्गरहण भएका पूर्व शिक्षक परिवारलाई सम्मानपत्र, खदा टिकाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने दर्जनौं व्यक्तिहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो । ठाकुरजी माद्यामिक विधालय जण्डोलको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष दिनानाथ चौधरी, विशिष्ट अतिथि पूर्व अध्यक्ष परशुराम चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङ, महुली सामुदायिक विकास केन्द्र बकधुवाका कार्यकारी निर्देशक प्रभु नारायण चौधरी, ठाकुरजी माध्यमिक विद्यालायका प्रधानाध्यापक कामेश्वर मण्डल, सम्मानित पूर्व प्रधानाध्यापक रामचन्द्र मण्डल, अखलेश झा रामदेव चौधरी, पूर्व विधार्थी उदय नारायण चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
पूर्व विधार्थी अशोक कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत श्री ठाकुरजी मित्र मिलन समाजका सचिव संजय कुमार लेखीले गरे भने सल्लाहकार जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले सामज गठनको उदेश्य बारे प्रकाश पारे ।

   

You cannot copy content of this page