शनिबार, १३ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १३ मंसिर २०८३
गण्डकी प्रदेश

नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


पोखरा । नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमतीसंघ गण्डकी प्रदेश पोखराको आयोजनामा चिप्लेढुङ्गा स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र केसीले संयुक्त रुपमा नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराकी अध्यक्ष दिपा जोशीलाई रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ६८ जनाले रक्तदान गर्नुभएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page