सप्तरी, ३१ साउन । सप्तरीको राजविराजमा आज देखि यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ ।
मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादबले संयुक्त रूपमा उद्घाटन गरेको हो ।
राजविराज नगरपालिका वडा नम्बर ९ स्थित राजविराज रूपनी सडक खण्ड अन्तरगत गीता पेट्रोल पम्पको अगाडि स्थापना भएको कार्यालय वाट ड्राइभिङ्ग लाइसेन्सको ट्राईल बाहेकका सबै सेवा यहाँबाट उपलब्ध हुने यातायात ब्यवस्था सेवा कार्यालयले जनाएको छ । कार्यालयबाट लाइसेन्स नवीकरण, व्लुबुक नवीकरण, सवारी दर्ता, रोड प्रमिड लगायतका सेवा उपलब्ध गरिने जनाएको छ । व्लुबुकको प्रतिलिपी र लाईसेन्स दिने कार्यपनि छिट्टै प्रारम्भ गरिने कार्यालयले जनाएको छ ।
यातायात कार्यालय सञ्चालनमा आएसँगै सप्तरीका सेवाग्राहीहरु यातायात सम्बन्धि कामका लागि लाहान जानुपर्ने झन्झट अब हटेको छ ।
मधेस सरकारले गत फागुन महिनामा यो कार्यालय राजविराजमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
Add Comment