समाचार

सर्लाहीको सीमावर्ती क्षेत्रबाट १० किलो ५०० ग्राम गाँजा बरामद

सर्लाही, १२ असोज । सर्लाहीको बलरा नगरपालिका–५, भगवानपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १० किलो ५०० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

असोज १२ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी मधुवनी सर्लाहीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानी गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

You cannot copy content of this page