कोशी प्रदेश समाज

बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

मोरङ, भाद्र १३ गते । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ परेका छन् ।
मोरङको बिराटनगर महानगरपालिका १४ स्थितबाट रामधुनी नगरपालिका ८ घर भई बिराटनगर १४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ वर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ वर्षीय बिकाश थापा, बिरानगर १५ का २४ वर्षीय बरुण साह, बिराटनगर ३ का ३० वर्षीय आशिस हमाल, बिराटगर १३ का ३० वर्षीय सुलभ रिजाल र धरान २० का २३ वर्षीय रोशन लिम्वुलाई प्रहरीले पक्राउ परेका हुन् ।
गत सुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page