कोशी प्रदेश समाज

बेलबारीबाट प्रतिवन्धित लागुऔषध सहित तीन जना पक्राउ

मोरङ, भाद्र १३ गते । मोरङको बेलबारीबाट प्रतिवन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी १ का सुरज गुरुङ, बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राई रहेका छन् ।
लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा आइतबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी १ का सुरजको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका बेलबारी ४ का ईन्द्र र बिनोदको साथबाट निट्राबेट ४२ चक्की र डाइलेक्स डिसि ३ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page