मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
समाज

बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या ,हत्या आरोपमा एक पक्राउ

उदयपुर, १७ भदौ । उदयपुरको बेलका नगरपालिकामा आज एकै परिवारका तीन जनाको हत्या भएको छ ।
बेलका नगरपालिका–७ मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरूका १२ वर्षीया छोरा सुजनको खुकुरी प्रहार गरी सामुहिक हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले बेलका नगरपालिका ६ वरबोटेबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेत रहेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ।

मृतक एकै परिवारको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको स्थानीयबासीले प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय रामपुरको टोलि घटना स्थलमा पुगेको थियो ।
आरोपी नाताले मृतककै दाइ रहेको स्थानीयलाई उध्रित गर्दै प्रहरीले जनाएको छ । हत्या गर्नुको कारण बारे अहिलेसम्म खुलेको छैन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page