आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाचार

नेपाल तामाङ घेदुङ कञ्चनरुपको अध्यक्षमा पुन: चतुरमान

बृजमान तामाङ –
बिरेन्द्र बजार, २५ भदौ । नेपाल तामाङ घेदुङ कंचनरुप नगरपालिकाको अध्यक्षमा पुनः चतुरमान स्याङ्दन चयन भएका छ्न ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ७ स्थित बालुवामा शनिबार सम्पन्न सातौं नगर अधिबेशनले स्याङदनको अध्यक्षतामा १३ सदस्य नगर समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा लाक्पा घिसिङ, मन्जु ग्यावा तामाङ, सचिबमा राश बहादुर घिसिङ, सह सचीवमा डिक बहादुर बम्जन, कोषाध्यक्षमा तिर्थ बहादुर मोक्तान चयन भएका छ्न ।
गठित समितिको सदस्यहरुमा दान बहादुर घिसिङ, हिरा लामा, प्रेम तामाङ, एकराज घिसिङ, भोजराज योन्जन, गंगामया तामाङ,भिमला तामाङ रहेका छ्न । सल्लाहकारहरुमा गोपाल घिसिङ,शमशेर पाख्रीन, दिल बहादुर मोक्तान, दिलमाया घिसिङ, धनमाया वललाई चयन गरेको अध्यक्ष स्याङदनले जानकारी दिए ।
नगर घेदुङका अध्यक्षका चतुरमान स्याङ्दनको अध्यक्षता तथा संघीय सदस्य भिम घिसिङको अध्यक्षतामा आयोजित कार्यक्रम नेपाल तामाङ घेदुङको पुर्व केन्द्रिय सदस्य मेख बहादुर बम्जन, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जिल्ला अध्यक्ष सन्तमान तामाङ, जिल्ला उपाध्यक्ष शम्सेर पाख्रीन, सप्तकोशी घेदुङका अध्यक्ष विश्वराज घिसिङ, साङ छोइलिङ गुम्वा फत्तेपुरका अध्यक्ष जनक बम्जन तामाङ, सुरेश घिसिङ, भोजराज तामाङ, पदम घिसिङ, सुरेश घिसिङ, पदम घिसिङ रोशन मोक्तान लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत दान बहादुर तामाङले गरे ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page