मनोरन्जन संगीत

चर्चित गायक कमल खत्रीले गरे गायिका मेलिना मैनालीसँग इन्गेजमेन्ट

काठमाडौँ । चर्चित गायक कमल खत्रीले गायिका मेलिना मैनालीसँग आइतबार इन्गेजमेन्ट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनले इन्गेजमेन्ट गरेको जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ र माया सधैं पाइरहुँ । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page