राजनीति

एमाले अध्यक्ष केपी शर्मा ओली सप्तरीको कञ्चनरुप आउँदै

कञ्चनरुप (सप्तरी) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सप्तरीको कञ्चनरुप आउने हुनु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा हुने बृहत आम सभालाई सम्बोधन गर्न उहाँ यहाँ आउन लाग्नु भएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओली आगामी असोज १५ गते प्रमुख अतिथिका रुपमा यहाँ आउन लागेको नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले जानकारी दिनु भयो ।
उहाँ यहाँ आएर पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको नेता प्याकुरेलले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page