राजनीति

जसपाद्वारा नागरिकता विधेयक ऎनको रुपमा लागू गर्न माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा

राजविराज, ८ असोज । संविधान उल्लंघन गर्ने राष्ट्रपति विध्यादेवी भण्डारीले राजिनामा नदिएसम्म आन्दोलन गर्नुपर्ने राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छ्न ।
जसपा सप्तरीद्वारा आयोजित संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले उक्त जोड दिएका हुन ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले संसदबाट दुई दुइपटकपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको बताए ।
विधि र प्रक्रिया संगत सिफारिस भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानप्रती ठेस पुर्‍याएको छ, भन्सालीले भने । अध्यक्ष भन्सालीले राष्ट्रपति भण्डारीको पछिल्लो कदमले मधेशी जनतालाई नेपालको नागरिक हैन भन्ने भान गराएको बताए ।
भारतीयलाई नागरिकता दिन विधेयक ल्याएको भन्ने भ्रमित कुरामा कुनै सत्यता छैन, भन्सालीले भने, विधेयक पास नहुदा पनि भारतीय बुहारीहरुलाई नागरिकता दिने पहिलेदेखि नै चलिआएको परम्परा हो, उनले थपे, नागरिकता विधेयकको विरोध गर्ने संविधान विरोधी हुन । राष्ट्रपतिको कदम संविधान विपरीत छ ।

आदिवासी जनजाति महासंघ सप्तरी अध्यक्ष अरुण कुमार प्रधानले संविधान उल्लंघन गर्ने अधिकार कसैलाई पनि नभएको बताए । उनले संविधान विपरीत कदम चाल्ने राष्ट्रपतिलाई १ मिनेट पनि पदमा बस्ने हैसियत नभएको बताए । नागरिकताको समस्या मधेशमा मात्र नभई आदिवासी जनजाति र पाहाड हिमालमा बस्ने ठूलो संख्यामा नेपाली जनता नागरिकता विहिन रहेको हुदा राष्ट्रिय समस्याको रुपमा भएको बताउँदै उनले नेपाली जनतालाई नागरिकता विहिन बनाउने कदम चाल्ने राष्ट्रपति भण्डारीले राजिनामा नदिएसम्म आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय शिक्षक मञ्चका केन्द्रिय सदस्य सुवास साह, समाजवादी शिक्षक संघका केन्द्रिय सदस्य शंकर यादव, व्यापारी उमेश प्रसाद यादव, पत्रकार दिनानाथ यादव, महिला नेत्री रमिला साह, नागरिक अगुवा अमृत साफी, नारायण यादव, उपेन्द्र प्रसाद साह लगायतकाले मन्तव्य व्यक्त गर्दै संसद र संविधानको अबमुल्यन गर्ने राष्ट्रपति विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभाबाट दोश्रो पटक बहुमतले पारित भएको नागरिकता विधेयक ऎनको रुपमा लागू गर्नुपर्ने माँग राखे । अन्तरक्रिया कार्यक्रममा नागरिक समाज, शिक्षक, पत्रकार उधोगी व्यपारी, बुद्धिजिवि, महिलाहरूको उपस्थित रहेको थियोे । जसपाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै १० दिने विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत असोज ११ गते सदरमुकाम राजविराजमा प्रदर्शन सहित राष्ट्रपतिको पुतला दहन गर्ने, १३ गते जनप्रतिनिधि, पार्टी नेताहरुसंग अन्तरक्रिया गर्ने, १५, १६ र १७ गते स्थानीय पालिका तथा वडा समितिमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक कदम विरुद्ध जानकारी गराउने कार्यक्रम रहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page